Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै तालमेलको लागि साना दलसँग छलफल सुरु गरेको छ । स्थानीय तहको चुनाव नजिकिदै जाँदा एमालेले आफूविरुद्ध मोर्चाबन्दी कसिलो हुन नदिन रणनीतिक योजना बनाउन लागेको हो । एमालेले सत्तारुढ गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत हुन नदिन राप्रपासँग सहकार्यको हात बढाएको हो ।
यसपटक पनि देशभरका अधिकांश स्थानीय तहमा कांग्रेस र एमालेबीच नै तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । तर, कांग्रेस वा एमालेमध्ये कुनलाई पहिलो बन्ने भन्नेमा माओवादी केन्द्र र राप्रपाको मत निर्णायक हुने सक्ने देखिन्छ ।
पछिल्लो समय एमालेले राप्रपासँग स्थानीयस्तरमा तालमेल गर्न सकिने गरी छलफल अघि बढाएको स्रोतले जनाएको छ । मंगलवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच यसै विषयमा वार्ता भएको थियो ।
एमाले र राप्रपाका नेताहरुबीचको वार्तामा आसन्न स्थानीय तहको निर्वाचनमा देशभक्त र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भन्ने कोणबाट छलफल भएको छ । यो भनेको स्थानीय तहमा एमाले र राप्रपा मिलेर जाने भन्ने नै हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply