Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
सरकारले पाँच वर्ष अघि रोकेपनि मन्त्रीको सिफारिस र अदालतको आदेशमा झण्डै ८२ वटा म्यानपावर थपिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सर्वोच्च अदालतको आदेशमा ५० वटा, उच्च अदालतको आदेशमा २० वटा र श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा ५ वटा म्यानपावर दर्ता गरिएको हो ।
२०७१ सालमा तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले समेत ३ वटा म्यानपावर दर्ता गर्न सिफारिस गरेको खुलासा भएको छ । प्रधानमन्त्री कार्यालयबाट समेत ४ वटा म्यानपावर दर्ता गर्न सिफारिस आएको श्रोतले जनाएको छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्री परिषदले २०६८ असोज १३ गतेदेखि नयाँ म्यानपावर दर्ता गर्न रोक लगाएको थियो ।
तत्कालिन मन्त्रीपरिषद्ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ अनुसार श्रम तथा यातायात मन्त्रालयले नै म्यानपावर दर्ताको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर फेरि खोल्नेकी बन्द गर्ने भन्ने अन्यौल भइरहँदा ८२ वटा म्यानपावर दर्ता भैसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
रोयल वर्कफोर्स रिक्रुटिङ प्रालिले म्यानपावर दर्ता गरि पाऊँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । रिटमा २०७२ माघ ३ गते सर्वोच्चका प्रधानन्याधिस कल्याण श्रेष्ठको इजालसले रोयल वर्कफोर्सको पक्षमा फैसला गरेको थियो । त्यसपछि सर्वोच्च अदालत, उच्च अदालत फैसला, प्रधानमन्त्रीको कार्यालय र श्रम तथा रोजगार मन्त्रालयको रिफासिरमा ८० भन्दा बढी म्यानपावर दर्ता भइसकेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply