Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री दाहालले अहिले वार्ताका लागि कुनै पहलसम्म गरेका छैनन् ।
गत आइतबारको बैठकमा मधेसी मोर्चाले दुईवटा नयाँ माग थपेपछि वार्ता सकारात्मक रूपमा अघि बढ्ने सम्भावना नदेखिएको हो । स्रोतका अनुसार मधेसी मोर्चाले मधेसमा छुटेको मतदाता नामावली पुनः संकलन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने माग वार्तामा अघि सारेको थियो ।
तर स्थानीय तहको संख्या थप गरेर राजपत्रमा प्रकाशित गरिसकेको र सोहीअनुसार निर्वाचन आयोगले चुनावको तयारी थालेकाले त्यसलाई हेरफेर गर्न नसकिने निष्कर्षमा सरकार पुगेको हो । निर्वाचन आयोगले पनि स्थानीय तहको संख्या फेरि हेरफेर गरेर वैशाख ३१ मा चुनाव हुन नसक्ने सुझाव प्रधानमन्त्री दाहाललाई दिएको छ ।
मोर्चाको माग सम्बोधन गर्न नसकिने भएपछि सहमतिमा वैशाख ३१ मा स्थानीय तहको चुनाव हुने सम्भावना घट्दै गएको छ । सरकारले वार्तालाई महत्व दिन छाडेपछि मोर्चामा सहभागी दलहरू भने समस्या समाधान भएर चुनाव हुने सम्भावना नरहेको निष्कर्षमा पुगेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply