Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  चैत ।  देशभरका उद्योगी–व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासहित उनको समूहले बहुमत हासिल गरेको छ । 
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अधिकांश कार्यकारिणी सदस्यमा गोल्छा समूहको वर्चस्व रह्यो । 
वरिष्ठ उपाध्यक्षमा गोल्छाले ६३.३० प्रतिशत मत प्राप्त गरे भने प्रतिस्पर्धी किशोरकुमार प्रधानले ३६.७० मत ल्याए ।

वरिष्ठ उपाध्यक्षमा जिल्लारनगर उद्योग वाणिज्य संघको ५० प्रतिशत, एसोसिएट सदस्य ३० प्रतिशत र वस्तुगत संघ सदस्यको २० प्रतिशत मतभार हुन्छ । जिल्लारनगर र एसोसिएट मतमा गोल्छा बलियो देखिएका छन् । वस्तुगत सदस्यको भोट भने प्रधानले बढी प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छा तीन वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । महासंघको संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनुहुने छ । देशको पुनारो औद्योगिक घराना गोल्छा समूहका कार्यकारी निर्देशक युवा उद्यमी गोल्छा यसअघि एसोसिएटतर्फ उपाध्यक्ष हुनुहुन्थ्यो भने प्रधान जिल्ला नगरबाट उपाध्यक्ष हुनुहुन्थ्यो । 

जिल्ला र नगर समूहको उपाध्यक्षमा प्रधान समूहबाट प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ५३ तथा उहाँका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाउनुभयो । वस्तुगततर्फको उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आफ्नो कार्यकालमा नीतिगत सुधारमा जोड दिने बताउनुभएको छ । 

यसैबिच महासंघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष बन्नुभएकी भवानी राणाले बुधबार पदबहानी गर्नुहुनेछ । विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट उहाँ स्वतः अध्यक्ष बन्नुभएको हो । उहाँलाई निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुहुनेछ । 

राष्ट्राध्यक्षसहित न्यायपालिका र व्यवस्थापिकामा पनि महिला नेतृत्व रहेका बेल निजी क्षेत्रले पनि महिला नेतृत्व पाएको हो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply