Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  बैशाख । वैशाख ३१ का तय गरिएको स्थानीय निर्वाचनका लागि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आइतबारबाट खुल्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। ‘

आइतबारबाट ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्दै छन्’, आयोगका सचिव गोपीनाथ मैनालीले  भन्नुभयो, ‘आइतबारबाट निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुन्छ।’

मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ । त्यस्तै, मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्र निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार पनि तोकिएको छ । जिल्ला सदरमुकाममा रहने स्थानीय तहको निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्ने गरी मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।

आयोगले ७५ मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ निर्वाचन अधिकृत नियुक्त गरी तालिम दिएर सम्बन्धित क्षेत्रमा पठाइसकेको छ । उनीहरु शनिबार आ–आफ्नो क्षेत्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा
यसैबीच, आउँदो ३१ गतेका लागि तोकिएको स्थानीय चुनावका लागि शनिबार देखि मतदाता शिक्षा कार्यकर्ता परिचालन भएका छन् । सबै जिल्लामा तालिम दिइसकेकाले शनिबारदेखि मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँ खटिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

एउटा निर्वाचन केन्द्रमा एकजना मतदाता कार्यकर्ता अनिवार्य खटिने उहाँले बताउनुभयो । आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको जनाएको छ । यसैबीच निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि खरिद गरिएका ३० हजार मतपेटीका सोमबारसम्म प्राप्त हुने बताएको छ ।

देशभरका ७ सय ४४ स्थानीय तहको चुनावका लागि ८४ हजार मतपेटिका आवश्यक रहेकोमा ३० हजार थान खरिद गरिसकिएको आयोगले जनाएको हो । त्यस्तै चुनावका लागि आवश्यकपर्ने १२ प्रकारका समानको पनि जोहो भइरहेको आयोगका सचिव गोपिनाथ मैनालिले जानकारी दिनुभयो ।

यही वैशाख ३ गतेबाट चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने जनाउँदै उहाँले मधेसलगायत समग्र देशभर चुनावको काम सहजरुपमा भइरहेको बताउनुभयो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply