Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, बैशाख ।
आर्सनलका फरवार्ड एलेक्स सान्चेजलाई अर्को प्रिमियर लिग क्लबमै अनुबन्धित हुन नदिने प्रशिक्षक आर्सेन वेङ्गरले बताएका छन् । सन् २०१४ मा स्पेनिस क्लब बार्सिलोनाबाट आर्सनल आएका सान्चेज आउँदो सिजन क्लब छोड्ने तयारीमा छन् । 
तर प्रशिक्षक वेङ्गरले प्रिमियर लिगमा प्रतिस्पर्धी क्लबलाई सान्चेज नबेच्ने स्पष्ट पारेका हुन् । २८ वर्षका चिलीका सान्चेजले आइतबार राति भएको एफए कप अन्तर्गत म्यानचेस्टर सिटीसँगको सेमिफाइनलमा विजयी गोल गर्दै आर्सनललाई जित दिलाएका थिए ।
उनको आर्सनलसँगको सम्झौता एक वर्ष मात्रै बाँकी छ । तर अहिलेसम्म नयाँ सम्झौता हुन सकेको छैन । यसले उनी क्लब छोड्ने तयारीमा रहेको बुझिएको छ । प्रशिक्षक वेङ्गरले भनेः‘सान्चेलाई हामी कुनै प्रिमियर लिग क्लबमा बेच्छौं जस्तो लाग्दैन, यो कुरा पक्का हो । मलाई आशा छ सान्चेज क्लबमै बस्ने छन्, उनीसँग नयाँ सम्झौता हुनेछ ।’
वेङ्गर नै आउँदो सिजन आर्सनलमा रहने नरहने स्पष्ट छैन । आर्सनलसँगको उनको सम्झौता यो सिजनको अन्त्यमा सकिने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply