Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव पारित र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसद्मा अहिले विचाराधीन अवस्थामा रहेको विधेयकमा सहमति जुटाएर पारित गर्ने  र स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई सहभागी गराउने प्रयासस्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएको हो ।  नेकपा एमालेसहित विपक्षमा रहेका राजनीतिक दलहरुले भने यो प्रस्ताव पारित हुनै नसक्ने भन्दै त्यसको विपक्षमा उभिने चेतावनी दिइसकेका छन् ।
तर राजपा नेपालसहित मधेसवादी दलका नेताहरुलाई भने प्रधानमन्त्री दाहालले जसरी पनि सहमति जुटाएरै संविधान संशोधन प्रस्ताव पारित गराउने विश्वास दिलाएका छन् ।
यता विपक्षमा रहेका राजनीतिक दलले संसद्मा विचाराधीन अवस्थामा रहेको संशोधन प्रस्ताव प्रक्रियामा जान दिने तर कुनै पनि हालतमा पारित हुन नदिने रणनीतिमा लागेका छन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि संविधान संशोधन प्रस्ताव पहिलेको भन्दा घातक भएको टिप्पणी गर्दै अहिले कुनै पनि हालतमा पारित हुन नसक्ने बताए ।
दुवै पक्ष अहिले आफ्नो पक्षमा मत पुर्याउन जोडघटाउमा लागेका छन् । सत्ता पक्षसँग अहिले ३९१ मत रहेको देखिन्छ तर प्रस्ताव पारित गराउन कम्तिमा पनि ३९६ मत आवश्यक पर्छ ।  
कांग्रेस २०७, माओवादी केन्द्र ८१, राप्रपा ३७ , राजपा नेपाल २४, संघीय समाजवादी फोरम १५, फोरम लोकतान्त्रिक १४ सहित साना राजनीतिक दलको हिसाव जोड्दा सत्तापक्षसँग अहिले ३९१ सांसद रहेका छन् ।
विपक्षमा रहेका एमालेसहितका दलका सांसद करिब २ सय जना रहेका छन् । नेकपा एमाले १८१, नेकपा माले ५, नेमकिपा ४, राजमो ३ सहित साना दलका सांसद गरि करिब २ सय सांसद रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमालेको विरोधका बाबजुद पनि संविधान संशोधन पारित गराइछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply