Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
‘बलियो लोकतन्त्रका लागि सचेत युवा’ विषयक बृहत्त युवा गोष्ठी सम्पन्न भएको छ । बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीको आयोजनामा काठमाडौमा एक दिवसिय बृहत्त अन्र्तक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको हो ।

 स्थानीय तहको निर्वाचनमा युवाहरुलाई प्रभावकारी रुपले परिचालन गरी चुनावलाई सफलताका साथ सम्पन्न गर्न उत्प्रेरणा जगाउने उद्धेश्यले गरिएको युवा गोष्ठीलाई नेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरुले धारणा राखेका थिए ।

स्थानीय तहको चुनावलाई लक्षित गरी आयोजना गरिएको गाष्ठीको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका प्रभावशाली नेता एंव परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्नुभएको थियो । गोष्ठीमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेत लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

कार्यक्रममा देशभरबाट विभिन्न राजनीतिक एवं गैरराजनीतिक युवा संगठनबाट करिब ३ सय युवाहरुको सहभागिता थियो । कार्यक्रमको सभापतित्व बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका अध्यक्ष एवं नेविसंघका सह–महामन्त्री प्रेमराज जोशीले गर्नुभएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले सूचना प्रविधिको व्यापकता बढिरहेको समयमा आसन्न निर्वाचनमा नविनतम सोच र दृष्टिकोणसाथ प्रस्तुत हुन आवश्यक रहेका धारणा राख्नुभयो । उहा“ले देश–विदेशका विकासक्रमहरु क्षणक्षणमा पछ्याइरहेकोले युवापुस्तासामु अब झुट बेचेर कसैले पनि राजनीतिक गर्न नसक्ने जिकिर गर्नुभयो । खुलापन बोकेको नेपाली समाजमा कम्युनिष्ट शक्तिहरुको अझै राम्रो उपस्थिति रहनु अस्वभाविक भएको भन्दै मन्त्री महतले समृद्धिका लागि कम्युनिजम कहिल्यै सही विकल्प नभएको ठोकुवा गर्नुभयो ।

एमालेले अहिले संगठित रुपबाट मिडियामार्फत् भ्रम फिजाउने काम गरिरहेको भन्दै मन्त्री महतले एमालेले एकातर्फ देशलाई विभाजित गर्ने कदम चालिराखेको छ भने अर्कोतर्फ राष्ट्रवादी आवरण प्रस्तुत गर्न खोजिरहेको आरोप लगाउनुभयो ।

 एमालेले देशको परराष्ट्र नीतिबारे समेत अनेकन भ्रम फिजाउ“दै देशको भन्दा पार्टी अनुकुलको कूटनीतिक अभ्यास गरिरहेको आरोप लगाउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री डा.महतले देशको स्थिरताका लागि अब कांग्रेस ठूला पार्टी मात्र होइन बहुमतको पार्टी हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य एनपी साउदले आसन्न स्थानिय निकायको चुनावले राष्ट्रिय मुद्दा बोकेर जाने भन्दै ठूलो भएको स्थानिय निकायको आकार र अख्तियारीले गर्दा अबको चुनावी माहोल रोचक भन्ने बताउनुभयो । एमालेको राष्ट्रवाद गोयवल्स शैलीको छ जुन अबको युगमा काम लाग्दैन साउदले भन्नुभयो ।
कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अहिले चारैतिरबाट नेपाली कांग्रेसमाथि प्रहार भईरहेको, विपक्षिहरु कांग्रेसलाई सत्ता लिप्सा भएको पार्टी भनेर आलोचना गरिरहेको भन्दै कांग्रेसले काम गर्ने वैधानिक तरिका अपनाउन सत्तामा गएको जिकिर गर्नुभयो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रजातान्त्रिक अभ्यास र संस्कारले मात्र राष्ट्रियता बलियो हुने भन्दै कम्युनिष्टहरुले अहिले जुन राष्ट्रवादको लहर पिटिरहेका त्यस्ले राष्ट्रियता बलियो हुनै नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नेपालमा एकजना पनि कम्युनिष्ट नरहेको भन्दै कम्युनिजम जीवनपद्धती र आचरण भएपनि नेपालमा आफूलाई कम्युनिष्ट भन्ने कसैसंग पनि आचरण नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका सह–महामन्त्री एंव बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका अध्यक्ष प्रेमराज जोशीले देशले झेलेका यावत समस्याको समाधान प्रजातान्त्रिक आचरण र संस्कार निर्माणसँग गएर जाडिने भन्दै अबको निर्वाचनको माहोल प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नयाँ पुस्तासम्म पु¥याउने अवसर र महाअभियान बन्नुपर्ने बताउनुभयो ।

बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी, प्रजातान्त्रिक विचार र प्राज्ञिक बहसलाई प्रबद्र्धन गर्ने उद्देश्यले स्थापित स्वतन्त्र थिंक ट्याङ्क हो । जसले यसअघि माघको पहिलो साता ‘वान बेल्ट वान रोड (ओबिओआर)– नेपाल सम्मेलन’– २०१७ आयोजना गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply