Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

इस्लामावाद, चैत ।
आइसिसीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) माथि कारवाही नगरे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले कानुनी लडाईं लड्ने जनाएको छ । दुई देशीय क्रिकेट सिरिज खेल्न भारतले अस्वीकार गरेकोमा पीसीबी रुष्ट रहेको छ ।
पीसीबीका अध्यक्ष शहरयार खानले बिहिबार बोर्ड आफ गवर्नर्सको बैठकपछि उनले आफूलाई भारतविरुद्ध मुआब्जाको मामिला अघि बढाउने जिम्मेवारी पाएको बताए । समाचार एजेन्सी एएनआईका अनुसार शहरयारले यो मामिला आइसीसीको डिस्प्युट रेजोल्युसन कमिटीमा दर्ता गर्ने बताएका छन् । यदी त्यहाँबाट कुनै सुनवाई नभए कानुनी मुद्दा हालिने छ ।
भारत र पाकिस्तानबीच ६ वर्षमा ८ श्रृंखला खेल्ने मेमोरेन्डममा हस्ताक्षर भएको छ । अहिलेसम्म दुईवटाको समय बितिसकेको छ । तेस्रो श्रृंखला हुने कुनै छाँटकाँट छैन । सम्झौता अनुसार भारत र पाकिस्तानबीच २०१५ देखि २०२३ सम्ममा ६ वटा सिरिज खेल्नुपर्नेछ ।
सन् २००८ मा भएको मुम्बई हमलापछि भारतले पाकिस्तानसँग क्रिकेट खेल्न अस्वीकार गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply