
जुलाई १६ देखि २० तारिख सम्म USA मा हुन लागेको १६२रास्ट्रकोअन्तररास्ट्रीय
रोबोटिक्स प्रतिस्पर्धाकोलागि काठमाडौँको ग्रामिण भेग फर्पिंग क्षेत्रबाट६ जना
बिद्यार्थी सहभागी हुदै छन् / रुक्मिणी फाउन्डेसन तथा First.Global कोआर्थिक एबम प्राबिधिक सहयोगमा तथा शिखरापुर एबम अरुणोदय
उच्च माध्यामिक बिद्यालयको सहभागितामा नेपालको तर्फबाट रोबोटिक्स प्रतिस्पर्धाको
तयारी हुदै गरेको छ / अन्तरास्ट्रिय स्तरमा रहेको समस्याहरुलाई खेल मार्फत
अन्तरास्ट्रिय स्तरमा चेतनाबढाउनु समेत यो प्रतिस्पर्धाको उधेश्य रहेको छ / यस
प्रतिस्पर्धामा बिद्यार्थीहरुले खेलमार्फत प्रदुषित पानी सफा कसरि गर्न सकिन्छ भन्ने
बिषयमा रोबोटको प्रयोगबाट खेल प्रदर्शन गर्ने छन् साथैबिद्यार्थीहरुलाई Science, Technology, Engineering and Mathematics(STEM) सम्बन्धि ज्ञान दिनु
समेत यो प्रतिस्पर्धाको उधेश्य हो /
December 2016 को पहिलो हप्तामा अरुणोदय उच्चमा
बिकाकरिब ३४ जना बिद्यार्थी र शिखारापुर् माविका तर्फबाट करिब ३४ जना बिद्यार्थी
छनौट चरणमा सहभागी रहेका थिए/ ६८ जना बिद्यार्थीहरु मध्ये जम्मा ६ जना बिद्यार्थी
सहभागी हुन सक्ने सो अन्तरास्ट्रिय प्रतिस्पर्धामा बिद्यार्थी छनौटका लागि तेश्रो
पक्षबाट मुल्यांकन गरि बिद्यार्थीहरु छनौट गरिएको थियो /



0 Comments