Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख । स्थानीय निकायको चुनावका लागि दलहरुले आ–आफ्ना उम्मेदवार चयनसँगै निर्वाचन आयोगले चुनावी तयारी तीव्र रुपमा अघि बढाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले पनि विभिन्न एजेण्डा तथा घोषणा पत्र जारी गर्न थालेका छन् ।

काठमाडौं उपत्यकामा त झन चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।  मेयर, उपमेयरका उम्मेदवार टुंगो लगाउन दलका नेताहरुलाई हम्मे हम्मे परेको अवस्था पनि विद्यमान छ । केही दलले सम्भावित उम्मेदवारहरुको नाम समेत सार्वजनिक गरिसकेका छन् । 

यही बीचमा काठमाडौं महानगरपालिका वडा नं। ३ को अध्यक्षका आकांक्षी धेरै देखिए पनि राजेश अधिकारी भने खरो रुपमा उत्रिएका छन् । लामो राजनीतिक अनुभवसँगै सामाजिक रुपान्तरण र विकासको प्रमुख एजेण्डाका साथ उनि अघि बढेका छन् । उनले सरकारले ल्याएको स्मार्ट सिटीको योजना पूरा गर्न आफू तम्सिएका बताएका छन् । 

उनको बुझाइमा योजना तथा अवधारणाले मात्र विकास हुँदैन, विकासका लागि कुशल नेतृत्वसँगै कार्यान्वयको पाटो महत्वपूर्ण हुन्छ । त्यसका लागि उर्जा, युवा जोश जाँगर र व्यवस्थापकीय पाटो महत्वपूर्ण हुुने भन्दै आफूमा यी सबै चुनौतीको सामना गर्न क्षमता रहेको बताए । 

स्मार्टं सिटीको सपना सार्थक तुल्याउन उनले स्थानीय निकायको महानगर चुनावमा विकास लागि राजनीति र सामाजिक रुपान्तरणलाई जोड दिँदै ‘युवाहरुको ऐक्यबद्धता स्मार्ट सिटीको प्रतिबद्धता भन्ने नारालाई अगाडि सारेका छन् ।

को हुन् राजेश ?
राजनीतिका अलावा सामाजिक कार्यक्रमा सक्रिय रहने राजेश अधिकारी काठमाडौंका बासिन्दा हुन् । उनले तीन दशकभन्दा लामो  प्रजातान्त्रिक विचाराधाराको राजनीतिक यात्रा तय गरिसकेका छन् । महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका राजेशले राजनीतिक यात्रालाई भने निरन्तर अघि बढाइरहेका छन् । सामाजिक रुपान्तरण र विकासका लागि एउटा युवा नेतामा हुनुपर्ने सबै गुण र क्षमता उनमा पाइन्छ ।

राजनीतिक पृष्ठभूमि
  • नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि, 
  • २०५३ सालमा सालमा नेबिसंघका पूर्ब केन्द्रीय सदस्य,
  • २०५४ देखि तरुण दलमा पूर्णकालीन सदस्य, 
  • कामनपा ३ मा पूर्व ईकाई सभापति, 
  • गणेशमान सिंह स्मृति आपत बिपत कोषका संस्थापक अध्यक्ष,
  • मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका पूर्व उपाधक्ष्य।
  • समाजसेवी तथा स्वतन्त्र लेखक (११३ स्तम्भहरु राष्ट्रिय दैनिकहरु देखि बिभिन्न पत्रपत्रिमा प्रकाशित)
  • साईबर क्राईम र सामाजिक अपराध  बारेमा जनचेतनामुलक कार्यक्रमका सामाजिक अभियन्ता 

    के भन्छन् राजेश ?
      झण्डै दुई दशक पछि हुन लागेको स्थानीय निकायको चुनाव सफल पार्न हामी सबै एकजुट हुनुपर्छ । राजनीतिज्ञहरुले राजनीतिलाई पेशा बनाइनु हुन्न । पदीय लोलुपतालाई त्यागेर समाज सेवाको भाव राख्दै देश विकासलाई प्रमुख एजेण्डा बनाइनुपर्छ । 
      देशका बेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सिर्जना गरिनुपर्छ । पछिल्लो पटक आम सर्वसाधारणहरुमा देखिएको राजनीतिक वितृष्णा हटाउन राजनीतिज्ञहरुले त्यस्ता कदम चाल्नुपर्छ जसले राजनीति फोहोरी खेल होइन, देश विकासको महत्वपूर्ण नीति राजनीति हो भन्ने कुरालाई प्रष्ट्याउन सक्नुपर्छ । यसका लागि मतदाताहरुको पनि महत्वपूर्ण हात रहने औल्याए ।
      नेतृत्व चयनमा मतदाताहरुको नै  महत्वपूर्ण हात रहने हुँदा, मतदान गर्दा कसैको लोभ लालचमा नपरी सबैले विवेक प्रयोग गरी कुशल नेतृत्व चयन गर्नुपर्ने तर्क अघि राख्छन् । यो चुनावले स्थानीय क्षेत्रको विकासमा गति लिने भएको हुँदा चुनावमा विवेक प्रयोग गरौं, हाम्रो भन्दा पनि राम्रोलाई प्राथमिकता दिऔं ।   

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply