Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, चैत । गतवर्ष विद्यालयमा पहिलो विद्यार्थी भर्ना गर्ने विद्यार्थीको अभिभावकलाई नै प्रमुख अतिथि बनाउँदै युरो किड्स सल्लाघारीको पहिलो वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । 

विद्यार्थी प्रिसीयस केसीकी ममी प्रविना देउजा केसीलाई प्रमुख अतिथि र नेपाल सरकारका सचिव मधुसुदन अधिकारीलाई विशेष अतिथि बनाउँदै विद्यालयको पहिलो वार्षिकोत्सव तथा विद्यालयका युरो सिनीयरको दिक्षान्त कार्यक्रम आयोजना गरिएको हो । विद्यालयलाई विश्वास गरेर आफ्नो नानीलाई सुम्पिने पहिलो अभिभावक नै विद्यालयको लागि मार्गदर्शक भएकोले पहिलो अभिभावकलाई प्रमुख अतिथि बनाइएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनेत्र प्रधानाङ्गको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि र विशेष अतिथिले गमलामा राखिएको विरुवामा पानी हालेर वातावरण संरक्षणमा जोड दिँदै उद्घाटन गरेका थिए ।  

कार्यक्रममा युरो सिनीयर कक्षा उतिर्ण विद्यार्थीहरुलाई दिक्षा दिइएको थियो भने विद्यालयका सबै साना विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर अभिभावकहरुलाई छक्क पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनेत्र प्रधानाङ्ग, प्रवन्ध निर्देशक नवराज काफ्ले, प्रिन्सिपल ज्योति बस्नेत क्षेत्री, अभिभावक प्रविना देउजा केसी, सचिव मधुसुदन अधिकारी, अभिभावक दिपेन्द्र बुढाथोकी लगायतले सो विद्यालयले दिँदै आएको व्यवहारिक शिक्षा र अतिरिक्त कृयाकलापका बारेमा बोल्नुभएको थियो । प्रमुख अतिथि केसी र विशेष अतिथि सचिव अधिकारीलाई विद्यालयको तर्फबाट उपहार प्रदान गरिएको थियो ।  

महेन्द्र शान्ति माबिको घरदैलो कार्यक्रम 

बालकोटको एकमात्र पुरानो, चर्चित र स्तरीय सामुदायीक विद्यालयको रुपमा परिचित महेन्द्र शान्ति माविमा नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालयले घरदैलो भर्ना अभियान  शुरु गरेको छ ।  

नेपालस्थित भारतीय राजदूताबासले बनाइदिएको नयाँ र सुविधासम्पन्न भवनको निर्माणपछि विद्यालय निकै नै आर्कषक बनेपछि त्यसको सदुपयोेग गर्दै विद्यालय भर्ना अभियानका लागि टोलटोलमा गएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो । 

विद्यालयले आगामी नयाँ शैक्षिक सत्रको लागि प्लेग्रुप, नर्सरीदेखि ९ कक्षासम्म भर्नाको लागि विद्यालयको विभिन्न क्लवका विद्यार्थी र अध्यापनरत शिक्षकहरुलाई सहभागी गराई नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रम शुरु गरेको हो । विद्यालयका शिक्षक र विद्यार्थीहरुको टोली बालकोटका साथै दधिकोट,चाँगाथली र टिकाथलीका विभिन्न टोल घुमेका थिए ।  

महंगा नीजिविद्यालयहरुमा विद्यार्थीको चाप थामनिसक्नु हुनु र सरकारले करोडौ रुपैयाँ लगानी गरेको सामुदायीक विद्यालयहरुमा विद्यार्थीको संख्या दिनहूँ घट्दै जानु चिन्ताको विषय भएकोले विद्यार्थीको संँख्या बढाउन घरदैलो अभियान शुरु गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो । नयाँ शैक्षिक सत्र बैशाखको पहिलो सातादेखि शुरु हुँदैछ ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply