Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नयाँदिल्ली, बैशाख ।
दिल्ली नगर निगमको चुनावमा अनपेक्षित हार बेहोर्नु परेपछि भारतको आम आदमी पार्टी (आप) मा राजीनामाको लहर सुरु भएको छ । बुधबार पराजयको समाचार बाहिर आउनेबित्तिकै दिल्ली युनिटका संयोजक दिलीप पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका थिए । 
यसैबीच बिहीबार पञ्जाबको पार्टी प्रभारीको जिम्मेवारीबाट सञ्जय सिंहले राजीनामा दिएका छन् । उनले ट्विट गर्दै भनेका छन्ः‘ मैले पञ्जाबको प्रभारी पदबाट राष्ट्रिय संयोजक केजरीवालसमक्ष राजीनामा दिएको छु । दुर्गेशले पनि सहप्रभारी पद छोडेका छन् ।’
यसरी पार्टीभित्र राजीनामाको लहर चल्नुसँगै एकअर्काबीच आरोप प्रत्यारोपको शृङ्खला सुरु भएको जनाईको छ । बुधबार दिल्ली नगर निगमको चुनावी नतिजा आएपछि कतिपय नेताले यो हारका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनलाई दोष दिएका थिए । तर पार्टीभित्र चाहिं यो हारमा भोटिङ मेसिन होइन, पार्टीभित्रकै कार्यशैली जिम्मेवार रहेको ठहर गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply