Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो ।
सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।
पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।
यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply