Ticker

6/recent/ticker-posts

१० वर्षपछि काठमाडौमा फेरी उदायो एमाले.....

काठमाडौ,जेठ ।
एक दशकपछि नेकपा एमालेले काठमाडौमा कमव्याक गरेको छ । अहिलेसम्मको मतपरिणाम र अग्रताका हिसाबले काठमाडौंमा एमालेलाई धेरै नाफा भएको छ । ०६४ सालको निर्वाचनमा शून्य सीटमा सीमित भएको एमाले ०७० को संविधानसभा चुनावमा आउँदा १० मध्ये २ सीटमा उक्लिएको थियो । तर, यसपटक एमालेको राम्रो कमब्याक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न भएका शंखरापुर र टोखामा एमालेले जीत हासिल गरेको छ । शंखरापुरमा सुवर्ण श्रेष्ठ र टोखामा प्रकाश अधिकारीको प्यानल विजयी भएको छ ।
हाल गणना भइरहेकामध्ये बूढानीलकण्ठ र तारकेश्वर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । विसं. ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी बर्चश्व कायम गरेको एमालेले ०६४ पछि काठमाडौं गुमाएको थियो । ठीक १० वर्षपछि एमालेले गुमेको काठमाडौं फिर्ता गर्ने गरी कमब्याकको संकेत दिएको छ ।
एमालेलाई गत संविधानसभा निर्वाचनमा पहिलो पार्टी हुनबाट रोक्ने काठमाडौं उपत्यका नै थियो । उपत्यकाका १५ सिटमध्ये कांग्रेसले १२ सीट जित्दा एमाले २ सीटमा सीमित भएको थियो । यसपटक क्षतिपूर्ति लिने ढंगले एमाले अघि बढेको छ ।
परिणामका हिसाबले नेपाली कांग्रेसले काठमाडौं जिल्लामा घाटा व्यहोरेको छ । महानगरपालिकामा कांग्रेस शुरुदेखि नै एमालेभन्दा निकै पछि परिरहेको छ । महानगरको गणनामा कहिले दोस्रो र कहिले तेस्रो स्थानमा रहेको कांग्रेसले काँठका नगरपालिकाबाट क्षतिपूर्ति लिने अपेक्षा थियो । तर, अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा कांग्रेसले काठमाडौं जिल्लाका १० मध्ये बढीमा ५ नगरपालिका अर्थात एमालेसँग बराबरीमा चित्त बुझाउनुपर्ने देखिएको छ ।
कांग्रेसले हालसम्म दक्षिणकाली, नागार्जुन र गोकर्णेश्वर नगरपालिका जितेको छ । नागार्जुनमा पनि उपमेयर एमालेले नै जितेको छ भने बहुमत वडाध्यक्ष एमालेकै छन् ।
गत संविधानसभा निर्वाचनमा समानुपातिक मत तर्फ पहिलो बनेको राप्रपा काठमाडौंका कुनै पनि तहमा प्रतिस्पर्धामा आउन सकेन । महानगर बाहिरका नगरपालिकामा २ वडाध्यक्ष बाहेक राप्रपाले काठमाडौं जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन । काठमाडौं महानगरपालिकामा एमालेसँग तालमेल गरेर उपमेयर पाएको राप्रपाले त्यहाँ पनि एमालेको मत पाउन सकेको देखिँदैन । काठमाडौंको चुनावी रुझान हेर्दा यसपटक एमालेले आफ्नो बिरासत फर्काउने देखिन्छ ।

Post a Comment

0 Comments