Ticker

6/recent/ticker-posts

पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी विजयी

पोखरा,जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । यससँगै महानगरमा एमाले खाता खोलेको छ । शुक्रबार विहान सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे । जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् ।
मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

Post a Comment

0 Comments