Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनाव लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आईतबारविहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका लागि आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो । बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ को ३४ जिल्लामा निर्वाचन हुन लागेको हो । यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नेतृत्व चुनिने छ ।
यसैगरी २ हजार ५९८ वडामा पनि निर्वाचित प्रतिनिधि चुनिने छन् । नगर प्रमुख र उपप्रमुखमा ९७, गाउँपालिका प्रमुख÷उपप्रमुख १८६ जना चुनिने छन् । यसैगरी महिला सदस्य २ हजार ५९८, दलित महिला सदस्य २ हजार ५९८ र दुई जना वडा सदस्य ५१९६ जना चुनिने छन् ।
१३ हजार ५५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९२५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । यसका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । ३२९ जना भने निर्विरोध चुनिसकेका छन् ।
विहीवार रातिदेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ । मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले निषेध गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply