Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नुवाकोट,  बैशाख । स्थानीय तहको निर्वाचनमा जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको छ । 

 जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रजिअ विष्णुप्रसाद पोखरेलले राजनीतिक र भौगोलिक आधारमा जिल्लाका एक सय २९ मतदान स्थलमध्ये ५४ स्थललाई अति संवेदनशील, ५० स्थललाई संवेदनशील र २५ स्थललाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रजिअ पोखरेलका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि दुई नगरपालिकामा दुई दुई र १० गाउँपालिकामा एक एक प्रहरीको मोबाइल गस्ती, सशस्त्र प्रहरी बलको २८ मोबाइल गस्ती तथा सेनाका ११ बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको छ । प्रजिअ पोखरेलका अनुसार जिल्लामा दुई हजार आठ सय ७१ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

जिल्लाभर म्यादी प्रहरीसहित नेपाल प्रहरीतर्फ नौ सय ४३, म्यादी प्रहरी आठ सय ५८ र नेपाली सैनिक पाँच सय परिचालन गरिएको छ । निर्वाचनको दिन जिल्लाका सबै सुरक्षा निकायका प्रमुख एकसाथ रहेर निर्वाचन सुरक्षामा ध्यान दिने योजना सार्वजनिक गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply