काठमाडौ,जेठ ।
सरकारले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको मुखमा स्थानीय तह थप गर्ने निर्णय गर्दा निर्वाचन आयोगको चुनावी तयारीमा असर परेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा काम गर्न निकै गाह्रो हुने बताए । उनले १९ जेठभित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताए ।
उनले भनेः‘स्थानीय तह संख्या थप्दा मतदाता नामावलीलाई अन्तिम रुप दिन १२ देखि १५ दिन लाग्छ, १९ जेठमा उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने दिन तोकिएको छ, त्यसले आयोग दबाबमा हुन्छ ।’
0 Comments