काठमाडौ,४ जेठ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एंव शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले टिकट दिँदा राम्रालाई भन्दा हाम्रालाई रोजेको कारण नुवाकोटमा नेपाली कांग्रेसका कार्यकर्ता निराश हुनुपरेको बताएका छन् । मन्त्री केसीले स्थानीय तह निर्वाचनको लागि उम्मेद्वार छनोट गर्दा विधि र प्रक्रिया नपुर्याइएको समेत टिप्पणी गरेका छन् । राजधानीवाट प्रकाशित एक पत्रिकाले ‘कांग्रेस हराउन केसीलाई सफलता’ शिर्षकमा समाचार प्रकाशित गरेपछि मन्त्री केसीको सचिवालयले विज्ञप्ती जारी गरेर उक्त आरोपको खण्डन समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ‘ कपोलकल्पित र
भ्रामक समाचारप्रति आपत्ति छ । सत्य,तथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गरिन्छ । पहुँचको आधारमा टिकट दिँदा नुवाकोटमा समस्या उत्पन्न भएको हो ।’
दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडा रहेको नुवाकोटमा अपेक्षाअनुसार परिणाम नआएको र एक पत्रिकाले‘कांग्रेस हराउन केसीलाई सफलता’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
पञ्चकन्या गाउँपालिका– २ मा कांग्रेस पराजित भएपछि नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । उक्त गाउँपालिका कांग्रेस नेताहरु डा.रामशरण महत र डा. प्रकाशशरण महतको जन्मथलो हो । केसीका स्वकीय सचिव निरञ्जन थापाले विज्ञप्ती निकालेर भनेका छन्ः‘उम्मेदवारीको टिकट दिन कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयद्वारा पार्टीका जिल्लास्थित क्षेत्रीय समितिहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो । तर नुवाकोटका दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडाको लागि उम्मेदवारी छनोट गर्दा विधि र प्रकृया नपु¥याइएको, एउटै वडामा उम्मेदवारीका आकांक्षी दर्जनौँ हुँदापनि जनाधार, लोकप्रियता र नेतृत्व कुशलताको मूल्यांकन हुन नसकेको, सक्रिय कार्यकर्ताहरूको सुझाव लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गरिएको लगायत कारणले सो वडामा कांग्रेस पराजित हुनुपरेको हो ।’
विज्ञप्तिमा भनिएको छ‘पार्टीका क्षेत्रीय सभापतिहरूले उम्मेद्वारी चयन गर्नका लागि आफ्नो क्षेत्रभित्रका गाउँपालिका र वडाका कार्यकर्ता साथीहरूसँग सरसल्लाह गर्ने, सक्रिय कार्यकर्ताहरूको सुझाब लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गर्ने काम भएको त छँदैथियो, जिल्ला कार्यसमितिलाई समेत कुनै जानकारी नै नदिई हरतरहले क्षेत्रीय सभापतिलाई प्रभाव पारेको आधारमा टिकट हत्याउने प्रवृत्तिले प्रश्रय पायो । त्यसमाथि अन्तिम समयमा पनि केन्द्रबाट सोझै उम्मेद्वार परिवर्तन गर्ने काम भयो । यसरी जिल्ला कार्यसमितिलाई चरम उपेक्षा गरी पार्टीका सारा कार्यकर्ताहरूलाई निरास बनाउँदै खेलवाडपूर्ण तरिकाले निहित स्वार्थमा लागेर उम्मेद्वार तय गर्दा प्रतिकूल परिणाम आउनु छँदैथियो, त्यसै भयो । फलस्वरुप काँग्रेस नेताद्वय डा. रामशरण महत र प्रकाशशरण महतकै पुख्र्यौली निवास रहेको साविक कबिलास गाविस वडा नं. २ मै नेपाली काँग्रेसले पराजय भोग्नुपर्यो । टिकट वितरणमा जेजस्तो धाँधली गरिएको भए पनि पार्टीको उम्मेद्वार भइसकेका साथीहरूलाई मा. सहरी विकास मन्त्री एवंं नेपाली काँग्रेसका नेता श्री अर्जुननरसिंह के।सी.ज्यूबाट र नुवाकोट जिल्ला कार्यसमितिबाट पनि हौसला, प्रेरणा र मतदाताहरूमा आवश्यक सबै सहयोग पु¥याइएको थियो । यस सम्बन्धमा विदुर नगरपालिका लगायत अन्य गाउँपालिकाका सम्पूर्ण उम्मेद्वारहरू स्वयं साक्षी हुनुहुन्छ । तर आफ्ना कमि, कमजोरी र बेइमानीको सारा दोष अन्यत्र पन्छाएर पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्तिबाट उक्त प्रपोगण्डा मच्चाइएको नुवाकोट जिल्लाका प्रत्येक काँग्रेसजनमा विदित छ । स्थानीय निर्वाचनमा प्राप्त परिणामको विषयमा नुवाकोट जिल्ला कार्यसमिति, सम्पूर्ण क्षेत्रीय समितिका सभापति तथा अन्य पदाधिकारी र सदस्यहरू, महासमितिका सदस्य, महाधिवेशन प्रतिनिधिहरू गाउँ इकाईका सभापति लगायत अन्य पदाधिकारी र सदस्यहरू, सक्रिय सदस्यहरूको वृहत समीक्षा भेला बोलाउनु पर्ने आवश्यकता छ । यसैबाट यथार्थ छर्लङ्ग हुनेछ ।
कसैको औजार बनेर नियोजित प्रपञ्चमा बदनियतपूर्वक सम्प्रेशित उक्त प्रपोगण्डा निराधार, कपोलकल्पितमात्र होइन घृणित पर्चाकारिता र पीत पत्रकारिताको नमूनाको रुपमा लिँदै सो प्रवृत्तिप्रति दुःख व्यक्त गर्दछौँ ।’
0 Comments