Ticker

6/recent/ticker-posts

मधेसमा कांग्रेस र मधेसवादीबीच तालमेलको तयारी

काठमाडौ,जेठ ।
स्थानीय तहको पहिलो चरणको चुनावमा असफलजस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दोहोर्याउने दलहरुको तयारी देखिएको छ । सिरहामा  मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ । नगरपालिकादेखि गाउँपालिकासम्म मधेसवादी दलसँग तालमेल भए चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकिने दाउमा कांग्रेसले कसरत अघि बढाएको हो ।
कांग्रेसबाट तालमेल भए स्थानीय तहमा सम्मानजनक सिट हात पार्न सहज हुने आकलन फोरमका स्थानीय नेताको पनि छ । मधेसवादी दलसँग तालमेल गरे पार्टीको संगठित मतमा मधेसको भावनात्मक मत थपिने कांग्रेसको बुझाइ छ ।

Post a Comment

0 Comments