Ticker

6/recent/ticker-posts

तत्काल सरकारको नेतृत्व परिर्वतन गर्न नमिल्ने एमालेको भनाई

काठमाडौ,जेठ ।
प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो।
सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनको मिति अनिश्चित बन्न सक्ने एमालेको ठहर छ । ‘निर्वाचन आचारसंहिता लागू भइरहेको अहिलेको अवस्थामा खरदार, सुब्बा तहका कर्मचारीको सरुवा र नियुक्ति त हुन नसक्ने हुन्छ । यस्तो अवस्थामा सरकार परिवर्तनका कुराले तोकिएको दोस्रो चरणको निर्वाचन समयमै हुन्न कि भन्ने हामीलाई गम्भीर चिन्ता छ।’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ।

Post a Comment

0 Comments