Ticker

6/recent/ticker-posts

काठमाडौं महानगर २९ वडामा कांग्रेसको प्यानल विजयी

काठमाडौं, जेठ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामा आउनेक्रम अन्तिम अवस्थामा पुगेको छ । 

केही नगरपालिका र चार वटा महानगरको मत गणना जारी छ । यसैबीच काठमाडौंमा महानगरको मत गणना जारी रहँदा आइतबार काठमाडौं २९ वडाको मत परिणाम सार्वजनिक भएको हो । 

मत परिणाम अनुसार वडा नं. २९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका बागी उम्मेदवार तथा  एमालेसँगको कडा प्रतिस्पर्धाकाबीच पनि कुश ढकालको प्यानल विजयी भएको हो । काठमाडाैं क्षेत्र नं. १ मा कांग्रेसका पूर्व महामन्त्री तथा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहकाे पकड क्षेत्र भएका कारण  पनि कांग्रेसकाे प्यानल नै विजयी भएकाे हाे । 

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा कुश ढकाल, सदस्यहरुमा, इन्द्र कर्माचार्य, अर्जुन श्रेष्ठ, दलित कोटामा संगीता पुजारी र महिला कोटामा सुशीला ढकालको टीम विजयी भएका हुन् ।








Post a Comment

0 Comments