बार्सा, जेठ ।
लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ । योसंगै प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा बार्सिलोनाले ३० औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेनन् । ३३ औं मिनेटमा हर्नान्डेजले बराबरी गोल फर्काए ।
४५ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफ सकिनु अघि नै पाको अलासरले गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि रहृयो ।
दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र बार्सिलोना ३–१ को जितसँगै उपाधिमा हृयाट्रिक गरेको छ ।
0 Comments