Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १९ बैशाख । पहिलो चरणमा हुने बैशाख ३१ को चुनावलाई लिएर मंगलबार दलका नेताहरुले धमाधम मनोनयन दर्ता गरेको छन् ।   केही दिन अन्यौल भएपनि मंगलबारदेखि चुनावी चहलपहल बढेको हो । पहिलो चरणको चुनाव हुने ३४ जिल्लामा मंगलबार बिहानैदेखि चुनावी चहलपहल सुरु भएको हो । 

मंगलबार उम्मेद्वारको मनोनयन दर्ता हुने दिन भएकाले ३४ जिल्लामा चुनावी चर्चा बढी चुलिएको हो । मंगलबार विप्लव बाहेकका सबैदलहरुले उम्मेदवारी दर्ता गराएसँगै चुनावको सुनिश्चितता देखिएको हो ।   मनोनयन दर्तासँगै कार्यकर्ता पनि उत्साहित बनेका छन् । 

यसअघि संविधान संशोधन र प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावका कारण चुनाव हुने–नहुने  अन्यौल बढेको थियो । तर यी विषयलाई केही दिन थाती राखेर दलहरु चुनावमा होमिएसँगै अन्यौल हटेको आभास भएको हो । अहिले सर्वत्र कुन पार्टीबाट कसले टिकट पायो भन्ने चर्चा भइरहेको छ । 

अब वैशाख ३१ गते पहिलो चरणको चुनाव हुने सुनिश्चित भएको छ । राष्ट्रिय जनता दल नेपाल पहिलो चरणको चुनावमा सहभागी नभए पनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले भाग लिने भएको छ । चुनाव चिन्हको विषयमा असन्तुष्टी जनाउँदै आएको नयाँ शक्ति नेपाल पनि फोरमसँग मिलेर चुनावमा लागेको छ ।
मधेसी मोर्चामा रहेको राष्ट्रिय जनता दलले यसअघि नै दोस्रो चरणको चुनावमा मात्र सहभागी हुने बताएको थियो । पहिलो चरणको चुनावमा सहभागी नभएपनि उसले बिरोधका कार्यक्रम गरेको छैन । पहिलो चरणको चुनावलाई उसले पनि सहयोग गरेको छ । अब नेत्र विक्रम चन्द नेतृत्वको दल मात्र चुनावभन्दा बाहिर छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ताको समय निर्धारण गरेको हो । साँझ ५ बजे पछि उम्मेदवारको सूची प्रकाशन गरिने छ । 

मनोनयन दर्ताका लागि उम्मेद्वारले नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित वडा वा स्थानीय तहको मतदात नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी तिरेको रसिद, प्रस्तावक र समर्थकको हस्ताक्षार, राजनीतिक दलको भए पार्टीको आधिकारिक छाप लगायत अनिवार्य तोकेको थियो । 

त्यस्तै, दर्ता भएका उम्मेद्वारको बारे कुनै गुनासो भए बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ । त्यही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र जाँच गर्ने कार्य तालिका छ ।

यस्तै बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्नछ । नाम फिर्ता लिन चाहने उम्मेद्वारले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म नाम फिर्ता गर्न सक्नेछन् । यहि वैशाख ३१ गते हुने चुनावका लागि २२ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply