Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
काठमाडौं महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल औपचारिकतामा मात्रै सीमित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम समयमा दुई दलले तालमेलको सहमति गर्दै एमालेले मेयरमा र राप्रपाले उपमेयरमा उम्मेदवारी दिएका छन् । तर, उनीहरुको चुनाव प्रचार हेर्दा कहीँ पनि चुनावी तालेमल र सहकार्यको झलक आउँदैन ।
एमाले र राप्रपाले अलग–अलगरुपमा चुनाव प्रचार–प्रचार तथा घरदैलो कार्यक्रम गरिरहेका छन् । उनीहरुबाट संयुक्त प्रचार कार्यक्रम भएको छैन । न एकअर्कालाई भोट मागेको नै देखिएको छ ।
एमालेको चुनाव प्रचारका क्रममा मेयर विद्यासुन्दर शाक्यको मात्रै नाम र तस्वीर राखिएको छ । त्यसपछि वडास्तरका उम्मेदवारहरुको नाम राखेर ब्यानरहरु बनाइएको छ, जहाँ राजाराम श्रेष्ठको नाम निसान छैन । उनी एमालेसंगको तालमेलपछि काठमाडौ महानगरपालिकाको उपमेयरका उम्मेद्वार छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply