Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, ८ जेठ । यतिखेर धेरैलाई मत परिणामले ध्यानाकर्षण गरेको छ । बैशाख ३१ गते सकिएको स्थानीय तहको चुनावको हारजीतका खबर सुनेर कोही रमाइरहेका छन त कोही सुस्ताईरहेका छन् । हार्नेहरु जोड घटाउमा छन् ।

 तर काठमाण्डौको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका ७ कक्षाका विद्यार्थीहरु चुनावको नतिजामा पटक्कै चासो नराखी सुर्यविनायक पारीको गाऊँ गुण्डुको एउटा खेतमा पसिना चुहाउँदै पाकेको गहुँ काट्न व्यस्त थिए । कितावमा पढेका शिक्षाको व्यवहारिक ज्ञान लिन निहारिका राई सम्पदा चापागाई, सीमान्त थापा, प्रशान्त घिमिरे, जेनिका राई र सुदिक्षा ठकुरीलगायत ३१ विद्यार्थी गुण्डुको गाउँमा पुगेका थिए । टोलीमा प्रिन्सिपल राईको साथै अभिभावक संयोजक कमला केसी र माध्यमिक संयोजक अनिल भट्ट टोलीमा सहभागी थिए ।

गहुँ काट्नमा केही विद्यार्र्थी व्यस्त थिए त केही काटेको गहुँको बोटलाई चिसो परालले बाँधेर मुठ्ठा पार्दै थिए । एकछिनपछि ती विद्यार्थीहरु आफुले काटेको गहुँको मुठ्ठालाई काँधमा बोकेर लामवद्ध हुँदै खेतको कान्ला र गोरेटो बाटो हुँदै खेत धनी निरेन्द्र कार्कीको घरसम्म काँधमा बोकेर पुर्याए ।

यसअघि उनीहरुले भर्खरै आलु खनेर बाँझो भएको खेतको केही भागमा खनेर घाँस उखेले अनि २ ड्याङ्ग बनाएको ब्याडमा धानको वीउ पनि छरे । त्यो धान राम्रारी उम्रेपछि राष्ट्रिय धान दिवसका अवसरमा तिनै विद्यार्थी गुण्डुमा पुगेर धान रोप्ने कार्यक्रम रहेको छ ।


यतिखेर समाजमा कितावी शिक्षा लिने धेरै विद्यार्थी छन, तर परेको बेलामा उनीहरुलाई केही पनि गर्न आउँदैन, न खाना पकाउन÷तरकारी केलाउन, न खेतबारी खन्न जोत्न, न आफुले लगाएको लुगा धुन नै,, न कोही विरामीलाई अस्पताल पुरयाउन ।

विद्यार्थीहरु धेरै अल्छी हुन थालेपछि राजधानीका केही विद्यालयले आफ्ना विद्यार्थीलाई यस्तै व्यवहारिक शिक्षा दिन शुरु गरेको छ । ‘खेतबारीमा विद्यार्थीलाई सहभागी गराएपछि किसानले कति मिहेनत गरेर अन्न उब्जाउ गर्छ, अन्नको महत्व के छ ? खाद्यान्न कसरी उब्जनी हुन्छ, त्यसको रेखदेख र सुसार कसरी गरीन्छ खानेकुराको महत्वबारे सबै सिक्ने मौका पाउँछन’—बेबिलोन नेशननल स्कुलका प्रिन्सिपल राजु राईले राजधानीसंग भने ।

 ‘गाउँका विद्यार्थी यस्तै खेतबारीमा काम गर्दै हुर्केका हुन्छन, तर शहरका विद्यार्थीलाई सिकाउन यसैगरि गाउँका खेतमा लैजानुपर्ने भएको हो’—प्रिन्सिपल राईले भने ।

यतिखेर राजधानीका विद्यार्थीहरु फुर्सदमा फेसबुक र मोवाइलमा अनावश्यक कुरामा व्यस्त हुने गरेको र अभिभावकहरुले पनि केटाकेटीलाई त्यति चासो दिने नगरेको राईको गुनासो थियो ।

खेतमा पसिना चुहाँउदै धानको वीऊ छर्ने र गहुँ काटेर बोक्ने काम सकेपछि उनीहरुलाई खेतधनीकै घरमा दही चिउरा र तरकारी खुवाएर विदाई गरिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply