Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,बैशाख ।
आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना कायम राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । 
आर्सनलले म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा टुंग्यायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो । आर्सनलको जितमा ग्रनिट जाका र ड्यानी वेलबेकले गोल गरे ।
 घरेलु मैदानमा भएको खेलमा जाकाले ५४ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि वेलबेकले गोल गर्दै आर्सनलको २–० को जित निश्चित गरे । हारपछि युनाइटेडको शीर्ष चारमा पुग्ने सम्भावना कम भएको छ । 
छैटौं स्थानको आर्सनलको लिगका चार खेल बाँकी हुँदा ६३ अंक छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा दुई अंकले पछि छ । सिटी र युनाइटेडले लिगमा तीन खेल खेल्न बाँकी छ । राति नै भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुल तेस्रो स्थानमा फर्किएको छ । उसको लिगका दुई खेल बाँकी हुँदा ७० अंक भएको  ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply