Ticker

6/recent/ticker-posts

कैलाली बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको मत परिणामप्रति नेविसंघको कडा आपत्ति

कैलाली,जेठ ।
कैलाली बहुमुखी क्याम्पसको स्ववियु चुनावमा व्यापक धाँदली भएको छ । चुनावमा धाँदली भएपछि स्ववियु निर्वाचनको परिणामलाई लिएर नेविसंघले कडा आपत्ति जनाएको छ । निर्वाचन परिणाम आफुलाई मान्य नहुने भन्दै नेविसंघले उक्त क्याम्पसका विद्यार्थीको भर्ना अनुसार नयाँ परिचय पत्र बनाएर पुनः मतदान गर्न जोडदार माग गरेको छ । नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले आफ्ना माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले निर्वाचनको २ नम्बर बुँदबाट अबैधानिक १३७ मत बढी देखिएको  र यसको छानविन गरौँ भन्दा आफ्ना उम्मेद्वारलाई थुनामा राखेको आरोप लगाएका छन् ।
साथै उपाध्यक्ष शाहीले चारैतिर प्रहरीको घेराबन्दी गरेर आफ्ना प्रतिनिधिहरुलाई मतगणना स्थलमा छिर्न नदिएर क्याम्पस प्रशासन तथा अनेरास्ववियुले एकलौटी ढंगले मतगणना गरेको र मतगणना सम्पन्नपछि मात्रै आफ्नो समुहलाई छाडेको भन्दै निर्वाचन परिणाम स्वीकार गर्न नसकिने बताए ।उनले पुनः मतदान नभए आफु अदालत  जाने  र आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
निर्वाचनको २ नम्बर बुँदबाट १३७ मत बढी देखिएको भन्दै नेविसंघ तथा अखिल क्रान्तिकारीका विद्यार्थीले मतपत्र च्यातेपछि उनीहरुलाई प्रहरीले थुनामा राखेको थियो ।
गत फागुनमा नै हुनुपर्ने निर्वाचन अखिलले क्याम्पसमा ताला लगाएपछि हुन सकेको थिएन । उच्च अदालतमा निर्वाचन गराईपाउँ भनि रिट दायर गरेपछि अदालतबाट असार मसान्तसम्म निर्वाचन गराउनु भन्ने आदेश आएको थियो । त्यहि अनुसार जेठ ९ गते निर्वाचन भएको थियो ।

हिजो सम्पन्न मतगणनाको परिणाम अनुसार क्याम्पसले अनेरास्ववियुका चुडामणी भट्टलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको थियो ।

Post a Comment

0 Comments