काठमाडौं, १० जेठ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सदस्यमा चर्चित गायिका तथा नायिका सुष्मा कार्किलाई सरकारले मनोनित गरेको छ ।
नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्रिस्तरको निर्णय अनुसार कार्कीलाई मनोनित गरेको हो ।
अधिकार सम्पन्न वाग्मति सभ्यता एकिकृत विकास समिति आदेश २०७३ को दफा ३ (ढ) वमोजिम सो अधिकार सम्पन्न समितिको सदस्यमा उहालाई मनोनित गरीएको सहरी विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उप सचिव कृष्णप्रशाद पन्थीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
यहि जेठ ९ गतेको निर्णयानुसार उहाँलाई तीन वर्षको लागि सदस्य पदमा नियुक्त गरेको हो । कार्कि विगत लामोसमयदेखि गायन तथा चलचित्र क्षेत्रलाई अगाडि बढाइरहनु भएको छ ।
0 Comments