Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
विभिन्न अड्कलबाजीकाबीच मुलुक अब स्थानीय तह निर्वाचनमा होमिएको छ । 
आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौंसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको थियो।
झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँमा जिल्लामा नगर प्रमुख, उपप्रमुख र सदस्य गरी निर्वाचन हुने जम्मा ७ सय १२ पदमा विभिन्न दल तथा स्वतन्त्र गरी हजारौँको उम्मेदवारी परेको छ।
जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् । काठमाडौँ महानगरपालिका तथा नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, दक्षिणकाली, ताकरेश्वर, कागेश्वरी मनहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बुढानीलकण्ठ नगरपालिकामा जम्मा १३८ वडा रहेको क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौँका एक महानगर र १० नगरपालिकामा एक प्रमुख तथा एक उपप्रमुख गरी २२ पदमा निर्वाचन हुँदैछ । त्यस्तै सबै नगरपालिकाका जम्मा १३८ वडामा एक अध्यक्ष तथा चार सदस्य गरी ६९० पदमा निर्वाचन हुन लागेको हो ।
राजनीतिक दलहरुले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानअनुसार दलहरुले प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलाको उम्मेदवारी दिएका छन् ।
निर्वाचनका लागि काठमाडौँमा सबैभन्दा बढी ४७ दल दर्ता भएकाले अन्य जिल्लाको तुलनामा यहाँ बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका सबै तहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
जिल्लाका एक मुख्य निर्वाचन अधिकृतको कार्यालय र १० निर्वाचन अधिकृतहरूको कार्यालयमा मनोनयन दर्ता गर्ने उम्मेदवार तथा तिनका समर्थकको बाक्लो घुइँचो लागेको थियो । काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेको र जम्मा पाँच लाख ५९ हजार ४०० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र सदस्य तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि आज मनोनयन दर्ता भएको छ । देशभर मनोनयन उत्साहजनक भएको प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply