Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । सामुदायिक प्रहरी सेवा कोटेश्वरको सहयोगमा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले पेप्सीकोलास्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीका एकसय एकजना विद्यार्थीलाई सोमबार विहानको कार्यालय समयमा कोटेश्वर र जडिबुटीचोकको ट्राफिक व्यवस्थापनमा खटायो ।
प्रभागका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक भगिरथ रेग्मीले ‘विद्यार्थीहरु आफैंले पनि व्यवहारिक रुपमा ट्राफिक व्यवस्थापनको बारेमा सिक्न पाउने र सडकमा सवारी व्यवस्थापन पनि सरल र चुस्त हुने भएकोले विद्यार्थीलाई प्रयोगात्मक रुपमा सडकमा उतारेको’ बताए ।

सोमबार ति विद्यार्थीहरुलाई सडकको सवारी व्यवस्थापनमा सहभागी गराउनुअघि सामुदायीक प्रहरी सेवा कोटेश्वरको समन्वयमा महानगरीय ट्राफिक प्रहरी प्रभागले ति विद्यार्थीलाई विद्यालयमै गएर ट्राफिक व्यवस्थापनबारे सैद्धान्तिक ज्ञान दिएको थियो । 

यसका लागि प्रहरी निरीक्षक रेग्मी, ट्राफिक प्रहरी महाशाखाका नायव निरीक्षक कृष्णप्रसाद शर्मा लगायतले ट्राफिक कक्षा लिएका थिए । कार्यक्रमको संयोजन विद्यालयका संयोजक दिपेन्द्र श्रेष्ठ र सामुदायीक प्रहरी सेवा कोटेश्वरका प्रहरी सहायक निरीक्षक राजेन्द्र पुजाराले गरेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply