Ticker

6/recent/ticker-posts

अन्तरघातले नेपाली कांग्रेसमा भाँडभैलो,के गर्लान पार्टी सभापतिले....?

काठमाडौ,जेठ ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै नेपाली कांग्रेसभित्र उजुरी पर्ने क्रम सुरु भएको छ । निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष एक दर्जन बढी मौखिक उजुरी परेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष कांग्रेसले निकालेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय स्थानीय तहमा विजय हासिल गरेको छ ।
त्यसो त नेपाली कांग्रेसभित्र अन्र्तघात भएको नौलो विषय पनि होइन् । संसदीय चुनाव होस् या संविधानसभाका दुईवटै चुनावमा होस् जित्ने निश्चित भएका स्थानहरुमा पनि अन्र्तघात भएकै कारण कांग्रेसका उम्मेद्वार पराजित भएका सयौँ उदाहरण छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा पनि आफ्नै पार्टीभित्र अन्र्तघात गरेर दजर्नौ स्थानमा नेपाली कांग्रेसका उम्मेद्वार पराजित भएका छन् । अन्र्तघात गरेको उजुरी परेपनि नेपाली कांग्रेसले अहिलेसम्म कारवाहि भने गर्न सकेको छैन् । कारवाहि नहुने भएर नै कांग्रेसमा अन्र्तघात मौलाउँदै गएको छ । 
संसद्मा ठूलो दल भएर पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो पोजिसनमा देखिएको छ । 

Post a Comment

0 Comments