Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, जेठ ।
चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ । आईतबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी भएका छन् ।
खड्काले एक हजार ६४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गरेका छन् ।
विजयी हुनेहरुमा नेपाली काँग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरि विजयी भएका छन् ।
आईतबार विहानसम्मको मतगणना अनुसार नगर प्रमुखमा काँग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिएका छन् भने उपप्रमुखमा पनि काँग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिएकी छन् ।
निकटतम प्रतिद्वन्द्वीे नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याइरहेकी छन् । मतगणना जारी छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply