Ticker

6/recent/ticker-posts

आइपीएल क्रिकेटको फाईनल आज, मुम्बई र पुने भिड्दै

एजेन्सी, जेठ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्नेछन् । प्ले अफ् अन्तर्गतको पहिलो क्वालीफायरमा मुम्बईलाई हराँउदै पुने फाईनलमा पुगेको थियो । मुम्बईले भने दोस्रो क्वालिफायरमा कोलकाता नाईट राइडर्सलाई हराँउदै फाइनलमा स्थान पक्का गरेको हो ।
जारी सिजनको आईपिएल क्रिकेटमा मुम्बई र पुने भिड्न लागेको यो चौथो पटक हो । यसअघिका तीन भिडन्तमध्ये मुम्बई दुई वटामा विजयी भएको थियो भने पुने एउटामा विजयी भएको थियो ।
लिग चरणका दुईवटै खेलमा मुम्बई विजयी हुँदा फाईनल प्रवेशका लागि भएको प्ले अफ्। खेलमा भने पुनेले बाजी मारेको हो । आइपीएल क्रिकेटको दशौं संस्करणको फाईनलमा पुगेको पुनेले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
मुम्बई इन्डियन्सले भने सन् २०१३ र २०१५ मा गरी दुई पटक आईपीएलको उपाधि जितिसकेको छ ।

Post a Comment

0 Comments