Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,जेठ ।
बेलायतको म्यानचेस्टर एरिनामा गराइएको आत्मघाती आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । आइएसले सामाजिक सञ्जालमार्फत् म्यानचेस्टर एरिनामा भएको आत्मघाती आक्रमणको जिम्मा लिएको हो ।
सोमबार राति म्यानचेस्टर एरिनामा भएको आत्मघाती आक्रमणमा २२ जनाको मृत्यु भएको थियो भने ५९ जना घाइते भएका थिए । अमेरिकी गायिका ग्रान्डेको कन्सर्ट सकिएपछि दर्शक घर फर्कंदै गर्दा राति आक्रमण भएको थियो ।
यसैबीच बेलायती सुरक्षा एजेन्सीले आत्मघाती हमलामा २२ वर्षीय सलमान आवदी संलग्न रहेको ठहर गरेको छ । लिबियाई मूलका सलमानको जन्म म्यानचेस्टरमै भएको भए पनि उनी घटनामा संलग्न रहेको सुरक्षा एजेन्सीले जनाएको छ ।
आत्मघाती हमलापछि म्यानचेस्टर शहरमा छापा मारेर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनामा अन्य तीन जना संलग्न रहेको जनाएको छ ।
आम चुनावको दुई हप्ता अघि आत्मघाती हमला भएपछि बेलायतका ठूला राजनीतिक दलहरुले आफ्नो चुनावी अभियान स्थगित गरेका छन् । बेलायतमा आगामी जुन ८ मा हुने आमचुनावको प्रचार तिव्र गतिमा चलिरहेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply