Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटबाट गुजरात लायन्स‘प्लेअफ’ को दौडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा प्लेअफको दौडबाट बाहिरिने गुजरात दोस्रो टिम हो । यसअघि रोयल च्यालेन्जर बेंग्लोर बाहिरिइसकेको छ ।
बिहीबार राति भएको म्याचमा दिल्ली डेयरडेभिल्ससँगको पराजयसँगै गुजरातको सम्भावना सकिएको हो । गुजरात दिल्लीसंग ७ विकेटले पराजित भएको हो ।
पहिला ब्याटिङ गर्दै गुजरातले २ सय ८ रनको विशाल योगफल तयार पारेको थियो । तर दिल्लीका ब्याट्सम्यानद्वय रिसभ पन्त र सन्जु सामसनले २ सय ९ रनको लक्ष्यलाई झिनो तुल्याइदिए । दुवैले दोस्रो विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए । रिसभले ४३ बलमा ९७ रन बनाए भने सन्जुले ३१ बलमा ६१ रन बनाएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ७७ र दिनेश कार्तिकले ६५ रन बनाएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply