Ticker

6/recent/ticker-posts

राष्ट्रपति ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा.....

एजेन्सी,जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी ज्वाईं ज्यारेड कुश्नर संघीय जाँच ब्यूरो एफबीआईको अनुसन्धानको घेरामा परेका छन् । कुश्नर ट्रम्पकी छोरी इभान्काको श्रीमान हुन् जो हाल हृवाइट हाउसको सल्लाहकारको जिम्मेवारी निर्वाह गर्दैै आएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपबारे एफबीआईले अनुसन्धान गर्दै आएको छ । रुसले हिलारी क्लिन्टनलाई हराउन र ट्रम्पलाई जिताउन भूमिका खेलेको चर्चा छ । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि कुश्नरले रुसी राजदूत सेर्गेइ किस्ल्याक र रुसकै ब्यांकर सेर्गेइ गोर्कोभलाई भेटेको आरोप लाग्दै आएको छ ।
यद्यपी ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । एफबीआईका अधिकारीहरुका अनुसार कुश्नरसँग अनुसन्धानका लागि आवश्यक महत्वपूर्ण जानकारी हुनसक्छ ।
अमेरिकी अधिकारीहरुले एबीसी न्युजसँग भनेका छन्ः‘तर, यसलाई कुश्नरले अपराध गरेको भनेर बुझ्नु हुँदैन र उनीविरुद्ध कुनै कानुनी अभियोग लगाउने योजना पनि छैन ।’

Post a Comment

0 Comments