Ticker

6/recent/ticker-posts

धादिङको नीलकण्ठ नगरपालिका मेयरमा कांग्रेस विजयी

धादिङ, जेठ ।
नीलकण्ठ नगरपालिका, धादिङको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् । ढुंगाना आफ्ना प्रतिद्वन्द्वी एमालेका अर्जुनकुमार श्रेष्ठलाई ६ हजार ६ सय ९० मतमा रोकेर विजयी बनेका हुन् ।
विजयी ढुंगानाले प्रतिद्वन्द्वी श्रैष्ठको भन्दा झण्डै दोब्बर  १३ हजार १ सय ६६ मत ल्याए । उपमेयरमा भने माओवादी केन्द्रको पल्लाभारी भएको छ । केन्द्रका उम्मेदवार मनराज भण्डारी १० हजार ३ सय २३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत पाएकी छन् ।
यो नगरपालिकामा कांग्रेस–माओवादी तालमेल गरेर निर्वाचनमा होमिएका थिए भने एमाले एक्लै सहभागी भएको थियो । योसँगै धादिङका सबै स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।

Post a Comment

0 Comments