काठमाडौ,जेठ ।
संसदमा आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दैछ । चुनावकै बीचमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु परेकाले यस वर्ष धेरै नयाँ विषय नआउने सरकारी स्रोतहरुले जनाएका छन् । यसका लागि आज बेलुकी चार बजे संसद भवन बानेश्वरमा बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन् । यसका लागि सरकारले सबै तयारी गरेको जनाएको छ । यसअघि बुधबार बोलाइएको संसद बैठक भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण सञ्चालन हुन सकेन । एमालेले बैठक चल्न नदिने अडान राखेपछि बैठक बिहीबार चार बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।
सरकारले थपेको स्थानीय तहको संख्या फिर्ता लिनुपर्ने माग गर्दै एमालेले संसद चल्न नदिएको हो । नीति तथा कार्यक्रम पेश गर्न भने दिने रणनीतिमा एमाले छ ।
0 Comments