Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा एक हजार आठ सय ५६ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा करिब एक हजार तीन सय ७५ उम्मेदवार बनेका छन् ।
नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक छ । दुई खुला सदस्यका लागि १६ हजार ८३ ले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि सात हजार नौ सय ९४ ले र दलित महिला कोटामा ६ हजार ६ सय ५४ ले उम्मेदवारी दिएका छन् ।
स्थानीय तहबाट आएको यो तथ्यांकमा केही संख्या थप हुन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply