Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ । गठबन्धनले राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।
संघीय फोरम स्थानीय चुनावमा गएपछि कारबाही गरिएको नेताहरुले बताएका छन् । मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तीमा भनिएको छः‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ ।’
चुनावमा फोरमको सहभागितासँगै राजपा नेपालका नेताहरुले मधेसी मोर्चाको औचित्य सकिएको टिप्पणी गर्न थालेका थिए ।
तर, संघीय समाजवादी फोरमले भने संविधान संशोधन गर्ने सरकारी प्रतिवद्धता अनुसार आफूहरु चुनावमा गएको बताएको छ । र, फोरम अध्यक्ष यादवले अझै मधेसी मोर्चाको औचित्य समाप्त नभएको बताउने गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply