Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १० जेठ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले  भूकम्पपछिको नेपाल विषयक फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।
एनएफपिजेले नेपालमा फोटो पत्रकारिताको क्षेत्रमा नयाँ र रचनात्मक काम गर्ने तथा फोटो पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ भूकम्पपछिको नेपाल विषयक फोटो प्रदर्शनीको आयोजना गर्न लागेको हो ।
अघिल्लो महिना बैसाख १३ गते  फोटोकन्सर्न राष्ट्रिय  फोटो पत्रकारिता अवार्ड सफलतापूर्वक सम्पन्न गरेको एनएफपिजेले अहिले फेरि भूकम्पपछिको नेपाल विषयक फोटो प्रदर्शनी गर्न लागेको एक कार्यक्रमबीच जानकारी गराएको हो ।

प्राकृतिक विपद तथा सामाजिक र सास्कृतिक लगायत अन्य विषयलाई लिएर एनएफपिजेले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा विभिन्न फोटो प्रदर्शनीका कार्यक्रमहरु समेत गर्दै आएको छ । फोटो पत्रकारिताको विकास र प्रवर्दनका उसले फोटो पत्रकारिता क्षेत्रमा विविध आयाम थप्ने काम गरिरहेको छ ।

एनएफपिजेले ‘भुकम्पपछिको नेपाल’मा सहभागी तस्वीरहरुमध्ये अत्यधिक दर्शकद्वारा मनपराईएका (भ्युवर्स च्वाईस) स्वरूप  पहिलोलाई हुनेलाई  रु ५० हजार, दोस्रोलाई रु २० हजार ,तेस्रोलाई रु १५  हजार र तीन जनालाई रु ५ हजार सात्वना पुरस्कार प्रदान गरिने जानकारी गराएको छ ।  उक्त फोटो प्रदर्शनीकालागि फोटो पठाउन एनएफपिजेले सम्पूर्ण फोटोपत्रकार, फोटोग्राफर लगायत अन्य सर्बसाधारणलाई भुकम्प र  त्यसपछिका पुर्ननिर्माण लगायत विभिन्न क्षेत्रका सामाजिक सास्कृतिक राजनैतीक आर्थिक शैक्षीक सम्बन्धि फोटो पठाउन आह्वान गरेको छ ।

फोटो प्रदर्शनीमा सहभागिता जनाउनका लागि आयोजकले केही नियमहरू बनाएको छ । जसका लागि फोटो २०७२ बैशाख १२ गते आएको विनासकारी भुकम्प र त्यसपछिको समयावधिमा खिचिएकोे  हुनुपर्नेछ । यस्तै भुकम्पको असर र त्यसपछिको पुनर्निर्माणको काम हालसम्म पनि जारी रहेकाले त्यस्ता फोटो पनि पठाउन सकिनेछ । भुकम्प सम्बन्धि फोटो कथा लाई पनि प्राथमिकता दिइनेछ (बढिमा ५ वटा फोटो) पठाउनुपर्नेछ । पठाउने फोटोको साईज कम्तिमा ३०० रिजोलुसनको १२ ईन्च ×१८  ईन्च हाराहारीको (कलर वा स्यास्वेत ) हुनुपर्नेछ । फोटोे बढिमा ३ वटा सम्म पठाउन सकिनेछ । साथै फोटोको क्याप्सन अनिवार्य हुनुपर्ने छ । फोटो पठाउने अन्तिम मित जेठ ३१ गतेसम्मको समयसीमा तोकिएको छ ।

छनोटमा परेका तस्बीरहरुलाई आगामी असारमा काठमाडौको भृकुटीमण्डप लगायत देशका विभिन्न सहरहरुमा हुने शैक्षिक मेला ‘ईक्यान प्रदर्शनी’ मा राखिनेछ । प्रदर्शनीका लागि  छानिएका फोटो फेसवुक मार्फत पनि विश्वभरि प्रर्दशनी गरिने छ ।
फोटो पठाउनका लागि एनएफपीजेको वेवसाईट www.nfpj.org.npमा फारमभरी पठाउनुपर्नेछ साथै इमेल nfpjphotonepal@gmail.com मार्फत पनि पठाउन सकिनेछ। प्राप्त फोटो आयोजक कमिटिले छनौट गरी प्रर्दशनीमा राख्नेछ ।

कस्ता फोटोलाई प्राथमिकता दिईनेछ ?
१.भुकम्पले गरेको विनास र त्यसको  प्रत्यक्ष असर
२. भुकम्पपिछको पुनःर्निर्माण ,सास्कृतिक सामाजीक तथा प्रकृति लगायत
३.शैक्षिक क्षेत्र जस्तै विध्यालय र विद्यार्थीलाई भुकम्पले पारेको असर आदि
छानिएका फोटोहरूको  एउटा “फोटो किताब’’ प्रकाशित गर्ने पनि एनएफपीजेको  योजना रहेको सहर्ष जानकारी गराउदछौ । “फोटो किताब’’ प्रकाशन भएमा
“फोटो किताब’’ मा प्रकाशित फोटोको पारिश्रमिक (रोएल्टी) किताब विक्री भएको (मूल्य हाल निर्धारण नभईसकेको) प्रती किताब को दरमा उपलब्ध गराईनेछ ।
उक्त पुस्तक विक्रि वितरणवाट भएको आम्दानीको २० प्रतिशत रकम भुकम्पवाट प्रभावीत विद्यार्थी तथा विद्यालयलाई प्रदान गरिनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply