Ticker

6/recent/ticker-posts

स्थानीय तह निर्वाचन मतगणनाः २६ स्थानको मत परिणाम आउन बाँकी,सूची सहित....

काठमाडौ, जेठ ।
गत आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अव ठूला चार महानगरसहित २६ स्थानको मत परिणाम आउन बाँकी छ। काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर महानगरको मतगणना भइरहेको छ। शुक्रबार साँझदेखि स्थगित भरतपुर महानगरको मतगणना विवादका कारण सुरु हुन सकेको छैन।
महानगरसहित हेटौंडा उपमहानगरको पनि मत परिणाम आएको छैन। मत परिणाम आउन बाँकी रहेकामा अधिकांश नगरपालिका रहेका छन्। कालिकोटका दुई, हुम्लाको एक, दोलखाको एक गरी चार गाउँपालिकाको परिणाम आएको छैन। दोलखाको मेलुङ र कालिकोटको नरहरिनाथ गाउँपालिकामा पुनः निर्वाचन हुनुपर्ने भए पनि भइसकेको छैन। 
पहिलो चरणमा भएको निर्वाचनको अहिलेसम्म २५७ स्थानीय तहको मत परिणाम आइसकेको छ।
मत परिणाम आउन बाँकी महानगर–नगर र गाउँपालिका
काठमाडौं    कागेश्वरी मनोहरा नगरपालिका
काठमाडौं    काठमाण्डौ महानगरपालिका
काठमाडौं    तारकेश्वर नगरपालिका
काठमाडौं    बुढानिलकण्ठ नगरपालिका    
काभ्रेपलाञ्चोक    धुलिखेल नगरपालिका
काभ्रेपलाञ्चोक    नमोबुद्ध नगरपालिका    
कास्की    पोखरा लेखनाथ महानगरपालिका    
चितवन    कालिका नगरपालिका
चितवन    खैरहनी नगरपालिका
चितवन    भरतपुर महानगरपालिका
चितवन    रत्ननगर नगरपालिका
चितवन    राप्ती नगरपालिका    
दोलखा    मेलुङ गाउँपालिका    
नुवाकोट    बेलकोटगढी नगरपालिका    
भक्तपुर    चाँगुनारायण नगरपालिका
भक्तपुर    मध्यपुर थिमी नगरपालिका
भक्तपुर    सूर्यविनायक नगरपालिका    
मकवानपुर    हेटौडा उपमहानगरपालिका    
ललितपुर    महालक्ष्मी नगरपालिका
ललितपुर    ललितपुर महानगरपालिका    
सिन्धुपाल्चोक    ईन्द्रावती गाउँपालिका    
हुम्ला    खार्पुनाथ गाउँपालिका    
कालिकोट    कालिका गाउँपालिका
कालिकोट    नरहरिनाथ गाउँपालिका    
सुर्खेत    बीरेन्द्रनगर नगरपालिका    
सल्यान    शारदा नगरपालिका

Post a Comment

0 Comments