Ticker

6/recent/ticker-posts

दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु....

काठमाडौ,जेठ ।
३१ जेठका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया आजवाट शुरु भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि ४१ जिल्लामा आज प्रमुख निर्वाचन अधिकृत खटिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारबाट पूर्ण रुपमा निर्वाचन अधिकृतहरुले काम थाल्ने बताए ।
आयोगले पहिलो चरणको निर्वाचनका क्रममा नै ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो । तर, सरकारले दुई चरणमा निर्वाचन गर्ने राजनीतिक सहमति गरेपछि खटाइएका कर्मचारी आयोगले फिर्ता बोलाएको थियो ।

Post a Comment

0 Comments