Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,बैशाख ।
कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले वैशाख १७ मा राजीनामा दिएका थिए ।
तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँगको सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामा असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् ।
आफ्ना दूतको प्रयासपछि आफैं र भावी प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् ।
निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् ।निधिले बिहीबार नै गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply