Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,जेठ ।
समूह विभाजन गरी ११ स्थानबाट गणना सुरु भएको काठमाडौ महानगरपालिकाको मतगणना कार्यमा प्रभावकारी परिवर्तन आउन सकेको छैन । सोमबार दिउँसोबाट एक स्थानबाट सुरु भएको सो महानगरपालिकाको मत गणनाको काम बुधबारबाट ११ स्थानमा विभाजन गरी गणना गर्न थलिएको थियो । 
मत गणना पट्यारलाग्दो, सुस्त र कछुवागतिको भएको भन्ने आलोचनापछि आयोगले त्यसलाई विस्तार गर्दै व्यवस्थित पार्ने प्रतिवद्धतासहित गणनास्थल बढाउनुका साथै कर्मचारी समेत बढाएर व्यवस्थित बनाउने जनाएको थियो । तर, आयोगको यो प्रतिवद्धतापछि परिणाम आउने क्रम नगन्य मात्रामा बढेपनि सुस्तता र भद्रगोल भने कायमै छ ।
आयोगले समुह विभाजन गरेर मतगणना थालेको २४ घण्टा वित्दा अपेक्षाकृत नतिजा आएको छैन । बिहीबार तीन बजेसम्म पनि काठमाडौ महानगरपलिकाको १२ हजार बढि मत गनिएको छैन । बुधबार दिउँसोसम्म हुन झण्डै तीन हजार मत गनिएको थियो । समुह विभाजनपछि भएको मत गणनाको २४ घण्टामा नौ हजार मत गनिएको छ । यहि रफ्तारमा गन्दा पनि काठमाडौ महानगरपालिकाको झण्डै दुई लाख मत गन्न अझै १८ दिनभन्दा बढी समय लाग्ने देखिन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply