Ticker

6/recent/ticker-posts

भरतपुर महानगरपालिका मतगणना प्रकरणःछानविन समितिद्वारा काम सुरु

चितवन, जेठ ।
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आईतवार राति मतपत्र च्यातिएका विषयमा निर्वाचन आयोगले सोमबार गठन गरेको छानबिन टोलीले जिल्लामा आएर काम सुरु गरेको छ ।
आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।
टोलीका संयोजक तिम्सिनाका अनुसार सोमबार यहाँ आइपुगेसँगै जिल्ला निर्वाचन कार्यालयमा वस्तुस्थितिका बारेमा जानकारी लिइएको छ । टोलीले सोमबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रअिज, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग समेत छलफल गरेको छ । 
आइृतबार राति ११ः४४ बजे मतगणना हुँदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले नेकपा माओवादी केन्द्रका दुई र एमालेका एक जनालाई नियन्त्रणमा लिएको छ ।
मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको नेकपा एमालेको आरोप छ । माओवादी केन्द्रले भने एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ ।

Post a Comment

0 Comments