काठमाडौं, १० जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।
ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।
पहिलो चरणमा निर्वाचन भएका चार महानगरमध्ये ललितपुरको मत परिणाम सार्वजनिक भए पनि अन्य महानगरको मत गणना भने जारी रहेको छ । अन्य महानगरमा एमालेले अग्रता लिएको छ ।
0 Comments