Ticker

6/recent/ticker-posts

बाजुरामा यसरी भयो विमान दुर्घटना.....

काठमाडौ, जेठ ।
मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण गर्यो । यसमा मानसरोवरका लागि उडेका भारतीय तीर्थयात्री थिए ।
सीता एयरलाइन्स अवतरण भएको चार मिनेटपछि सेनाको स्काई ट्रक कोल्टी आइपुगेको थियो । अवतरण गर्न लागेका वेला जहाजले धावनमार्गको टचडाउन मार्कभन्दा धेरै माथि आएर मात्रै टेक्यो, आधा धावनमार्गमा टेकेकाले जहाज बाहिर गहुँखेतमा पुग्यो ।
खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । स्थानीयका अनुसार सेनाको विमानमा चामल र कुखुुराको मासु थियो । विमान दुर्घटना हुनेबित्तिकै प्रहरी र नेपाली सेनाभन्दा अगाडि स्थानीयवासी पुगेर घाइतेको उद्धार गरेका थिए । विमान खसेको पाँच मिनेटमै गाउँले घटनास्थल पुगेका थिए । घटनामा पाईलटको मृत्यु भईसकेको छ भने २ जना गम्भिर घाईते छन् ।

Post a Comment

0 Comments